काष्ठमण्डप कप बिहीबारदेखि

0
Shares

काठमाडौं, (नेस)
काष्ठमण्डप ए लेभल एकेडेमीको आयोजनामा पाँचौं काष्ठमण्डप कप ए लेभल अन्तरकलेज बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ।
प्रतियोगितामा १२ ब्वाइज टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने काष्ठमण्डपका ईसीए इन्चार्ज सुन्दर बुढाथोकीले जनाए। आयोजकले ३ टिम उतार्नेछ भने नामीका २ टिम सहभागी हुनेछन्। दुईदिने प्रतियोगिताका खेलहरू मण्डिखाटारस्थित आयोजककै कोर्टमा हुनेछन्।