राइनो कपमा पुलिस फाइनलमा

0
Shares

नवलपरासी, (नेस)
नवलपरासीमा जारी राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको पाँचौं संस्करणमा नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ। प्रतियोगिताको मंगलबार सम्पन्न खेलमा पुलिसले च्यासल युवा क्लबलाई २–० ले हराएको हो।
टोलीका लागि बुद्धबल तामाङले आठौं र ३३औं मिनटमा गोल गरेका हुन्। योसँगैं पुलिसले बुधबार त्रिभुवन आर्मी क्लबसँग उपाधिका लागि खेल्ने पक्का गरेको छ।