गोल्डेनगेटको जित

0
Shares

काठमाडौं, (नेस)
गोल्डेनगेटले प्रथम रोयल राष्ट्रव्यापी यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा मंगलबार जित हात पारेको छ। गोल्डेनगेटले जेभियर इन्टरनेसनललाई ७०–५५ ले पराजित ग¥यो। गोल्डेनगेटको जितमा अभिषेक सिंहले २२ अंक योगदान गरे।
ललितपुरको सानागाउँस्थित आयोजक रोयल स्पोर्ट्स सेन्ट्रलको आफ्नै हलमा भइरहेको प्रतियोगिताको अर्को खेलमा सोलो बास्केटबल नेपालले जित्यो। फ्रेस बाइट्स ‘म्यान अफ द म्याच’ प्रसाङ मास्केको २४ अंक सहयोगमा सोलोले बूढानीलकण्ठ बास्केटबल क्याम्पलाई ६५–५७ ले हरायो।