लोयल्टी सेमिफाइनलमा

0
Shares

काठमाडौं, (नेस)
आयोजक लोयल्टी ‘बी’ र टाइमलाइन दसौं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन्।
लोयल्टीले हिमालयबाट वाकओभर पाएको हो भने टाइमलाइनले शिशु मिलनलाई १६–० को विशाल गोलअन्तरले पराजित ग¥यो। टाइमलाइनका स्ट्रेनजर तामाङले ६, निशान तामाङले ५, निश्चल थापाले ४ र नामुकजंग बस्नेतले १ गोल गरे।