लिभरपुललाई १२ अंकको आवश्यकता

0
Shares

लन्डन, (एजेन्सी)
लिभरपुलले वेस्टह्यामविरुद्ध ३–२ को संघर्षरत जित हात पारेपछि प्रिमियर लिग उपाधि जित्न थप १२ अंकको आवश्यकता रहेको छ।
आफ्नै घरेलु मैदान एनफिल्डमा सोमबार राति २–१ ले पछि परेको स्थितिलाई उल्ट्याउँदै लिभरपुलले जित सम्भव पारेको हो। यो जितसँगैं लिभरपुलले म्यानचेस्टर सिटीले इंग्लिस लिगमा राखेको लगातार १८ जितको कीर्तिमानीसँग बराबरी पनि ग¥यो।
सिटीले सन् २०१७ मा अगस्टदेखि डिसेम्बरसम्म जित्दै कीर्तिमान रचेको थियो। तर अर्को खेलमा वाटफोर्डविरुद्ध खेल्दा लिभरपुलले सिटीको यो कीर्तिमानलाई ओझेलमा पार्ने पनि अनुमान लगाइएको छ। लिभरपुलले २७ खेलमा २६ मा जित र १ मा बराबरी खेलेको छ। यर्जेन क्लोपको टोलीले एक मात्र खेलमा म्यानचेस्टर युनाइटेडविरुद्ध अक्टोबरमा १–१ बराबरी खेल्दै २ अंक गुमाएको हो।
साथै टोलीले ७९ अंक जोडेर दोस्रो स्थानको म्यानचेस्टर सिटीमाथि २२ अंकको फराकिलो दूरी बनाएको छ। यसको बाबजुद टोलीले ३० वर्षपछि पहिलो प्रिमियर लिग उपाधि हात पार्न अझै कुर्नुपरेको छ। गणितीय हिसाबमा सिटी उपाधि दौडमा रहेकाले लिभरपुलले कमसेकम अर्को चार खेल जित्नुपर्ने भएको हो।
लिभरपुलले खेलको नवौं मिनेटमै जर्जिनियो विनाल्डमको हेड गोलमार्फत् १–० को अग्रता बनाएको थियो। तर डेविड मोएसको टोली वेस्टह्यामले लगातार दुई खेल हानेर लिभरपुललाई उनकै मैदानमा निराश तुल्याएको थियो। पहिलो गोल इसा डियोपले १२औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। दोस्रो हाफ शुरू भएको ९ मिनेटमा ह्यामरका पाब्लो फोर्नाल्सले गोल गर्दै लिभरपुललाई यस सिजनको प्रिमियर लिगमा हारको संभावनामा पु¥याएका थिए।
तर अन्तिम २५ मिनेटमा लिभरपुलले पाहुना टोलीमाथि लगातार दबाबमा राख्दै दुई गोल फर्काएर अपराजेय यात्रालाई निरन्तरता दिन सफल भएको थियो। मोहम्मद सालाहले ६८औं मिनेटमा गोल गर्दा खेल २–२ बराबरीमा पुग्यो भने साडियो मानेले ८१औं मिनेटमा गोल गरेर लिभरपुललाई ३–२ को अग्रतामा राखेका थिए। यद्दपि यसपछि पनि एक गोल मानेले गरे तर भारको निर्णयपछि सो गोल अफसाइड घोषित भएको थियो।
योसँगै ह्यामरका मेनेजर मोएसको एनफिल्ड मैदानमा जित्ने धोको पुरा हुन सकेन। १६ खेल खेलेकोमा अहिलेसम्म उनले सो मैदानमा जित हात पार्न सकेका छैनन्। उनले यसअघि एभर्टन, म्यानचेस्टर युनाइटेड, सन्डरल्यान्डमा मेनेजर हुँदा पनि हारको सामना गर्नुपरेको थियो।