ट्रम्पको भारत भ्रमण: भारत–अमेरिकाबीच ३ अर्बको रक्षा सम्झौता

0
Shares

नयाँदिल्ली (एजेन्सी)
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र अमेरिकाबीच ३ अर्ब डलरको रक्षा सम्झौता भएको बताएका छन्। दुई देशबीच भएको द्विपक्षीय भेटवार्तापछि साझा प्रेस सम्मेलनमा ट्रम्पले उक्त जानकारी दिएका हुन्।
दुवै नेता आप्ना नागरिकलाई कट्टर इस्लामिक ‘आतंकवाद’ बाट बचाउने कुरामा पनि प्रतिबद्ध भएको ट्रम्पले बताए। अमेरिका यस दिशातर्फ सशक्त ढंगले काम गरिरहेको र पाकिस्तानसँग पनि उसको भूमिमा हुर्किरहेका ‘आतंकवाद’ अन्त्यका काम गर्ने विषयमा वार्ता भइरहेको उनले बताए।
ट्रम्प र मोदी दुवै नेताले द्विपक्षीय व्यापारमा दुई अंकले वृद्धि भएकोमा खुसी व्यक्त गरे। यसअघि नरेन्द्र मोदीले दुवै देशबीच कैयौं सम्झौता भएको जानकारी दिए। यो दुई नेताबीचको हालसम्मको पाँचौं भेटवार्ता भएको र अत्यन्त सार्थक तथा सकारात्मक रहेको प्रधानमन्त्री मोदीले बताए।
मोदीले भारत र अमेरिकाको सम्बन्ध २१ शताब्दीको सबैभन्दा महत्वपूर्ण साझेदारी भएको बताए। रक्षा, ऊर्जा, प्रविधि तथा व्यापारमा महत्वपूर्ण प्रगति भएको उनले बताए।
ट्रम्पले आफूले कार्यभार सम्हालेपछि भारतमा अमेरिकी निर्यात ६० प्रतिशतले बढेको बताए। साथै, भारतको ऊर्जा आवश्यकता पूरा गर्ने विषयमा पनि सम्झौता भएको ट्रम्पले बताए।
यसअन्तर्गत एक्सन मोबिलले भारतसँग प्राकृतिक ग्यास वितरण सुधार गर्न सम्झौता गरेको छ। नरेन्द्र मोदीले पनि अमेरिका भारतका लागि तेल र ग्यासको स्रोत बनेको स्वीकार गरे।
दुई दिनको यात्रामा भारत आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त द्विपक्षीय भेटवार्ता अघि उनको भारत यात्राको अनुभव बेजोद रहेको बताएका थिए।
दिल्लीस्थित हैदराबाद हाउसमा बसिरहँदा भारतको यात्रा आप्ना लागि सम्मानको कुरा भएको र मोदीलाई भारतमा जनताले माया गर्ने गरेको ट्रम्पले बताए।
प्रधानमन्त्री मोदीले ट्रम्प भारत आउनु आप्ना लागि स्मरणीय हुने बताए। आप्mनो परिवारसहित आएकोमा खुसी व्यक्त गर्दै अमेरिकामा अहिलेका दिनमा हुने व्यस्तताका बाबजुद भारत आएकोमा अभिनन्दन गर्न चाहेको बताए।
मोदी धार्मिक स्वतन्त्रताका पक्षधर, काश्मिर समस्यामा मध्यस्थताको चाहना अमेरिकी राष्ट्रपति ट्रम्पले पत्रकारहरूको एक प्रश्नको जवाफमा भारतका प्रधानमन्त्री मोदी धार्मिक स्वतन्त्रताका पक्षधर भएको बताए। उनले काश्मिर पाकिस्तान, विश्व व्यापार, कोरोना भाइरसदेखि दिल्लीमा भइरहेको हिंसा र नागरिकता संशोधान कानुनजस्ता मुद्दासँग जोडिएका प्रश्नको पनि जवाफ दिए।
एक पत्रकारले उनलाई सोधे– ‘तपाई यहाँ हुनुहुन्छ र दिल्लीमा हिंस्रक घटना भएको छ। प्रधानमन्त्री मोदीले तपाईंलाई सीएएका बारेमा के भन्नु भयो र तपाईं धार्मिक हिंसालाई लिएर कति चिन्तित हुनुहुन्छ ?’
जवाफमा ट्रम्पले मोदीसँग आपूmले धार्मिक स्वतन्त्रताको बारेमा वार्ता गरेको बताए। मोदीको प्रशंसा गर्दै मोदी भारतमा जनताले पूरा धार्मिक स्वतन्त्रता पाऊन् भन्ने चाहेको उनले बताए।
दिल्लीको हिंसाका बारेमा पनि सुनेको तर यस विषयमा मोदीसँग कुनै वार्ता नभएको उनले बताए। दिल्लीमा नागरिकता संशोधन कानुनको विरोध प्रदर्शनलाई लिएर भएको हिंसामा अहिलेसम्म १० जनाको मृत्यु भइसकेको छ। ट्रम्पले पत्रकारहरूलाई पीएम मोदी अतुलनीय र उनी धार्मिक स्वतन्त्रतालाई लिएर गम्भीर भएको बताए।
ट्रम्पले भने– ‘हामी व्यापार, लडाकू जेटजस्ता मामिलामा छलफल ग¥यौं र त्यसमा कुरा अगाडि बढेको पनि छ तर विगत दुई दिनमा मेरा लागि अत्यन्तै राम्रो रह्यो। यहाँका जनता तपाईंलाई प्रेम गर्छन्, जब म तपाईंको नाम लिन्थें, उनीहरू उत्साहित हुन्थे। अमेरिकामा बसिररहेका भारतीयहरूको उल्लेख गर्दै उनीहरू राम्रो काम गरिरहेको ट्रम्पले बताए।’”
मध्यस्थताको चाहना
ट्रम्पले फेरि पनि काश्मिरमा मध्यस्थता गर्ने चाहना व्यक्त गरे। भारत र पाकिस्तानबीच काश्मिर ठूलो समस्या भएको तर उनीहरूले यसमा काम गर्ने बताउँदै यदि आपूmले केही गर्न सक्छ भने त्यसमा मध्यस्थता गर्न चाहेको ट्रम्पले थपे।
यसअघि उनी आप्mनी पत्नी मेलानिया ट्रम्पसँग दिल्लीस्थिति राजघाट गए र महात्मा गान्धीलाई श्रद्धान्जलि दिए। त्यहाँ उनीहरूले वृक्षरोपण गरेका थिए। राजघाटको आगन्तुक पुस्तिकामा ट्रम्पले लेखेका थिए– ‘अमेरिकाका नागरिक भारतको सम्प्रभुताको पक्षमा मजबुतका साथ उभिएका छन् जुन महान् महात्मा गान्धीको दृष्टिकोण थियो। यो मेरा लागि अत्यन्तै सम्मानको कुरा हो।’
मंगलबार बिहान आप्mनी पत्नीसँग राष्ट्रपति भवनमा पुगेका डोनाल्ड ट्रम्पलाई राष्ट्रपति रामनाथ कोविन्द र उनकी पत्नी सविता कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका थिए। त्यसपछि उनलाई भारतीय सशस्त्र बलद्वारा सम्मान गारत र २१ तोपको सलामी दिइएको थियो।
त्यसपछि ट्रम्प द्विपक्षीय भेटवार्ताका लागि हैदराबाद हाउस गएका थिए भने मेलानिया ट्रम्प दिल्लीको नानकपुरा स्कुल पुगिन्, त्यहाँ उनलाई ससाना बालबालिकाले स्वागत गरेका थिए।
मेलानियाले दिल्लीको सरकारी स्कुलमा हुने ह्याप्पीनेस कक्षाको जानकारी लिइन्। उनी एउटा कक्षामा केही मिनेट बसेर बच्चाहरूसँग कुराकानी गरेकी थिइन्।
आफूलाई उक्त स्कुलको नाम सर्वोदय त्यसको अर्थ समृद्धि भएको बताइएको उनले बताइन्। आफूले पाठ्यक्रममा समावेश ह्यप्पिनेसको कक्षा पनि हेरेको र प्राथमिक स्कुलमा रिडिङ कार्यक्रम पनि अवलोकन गरेको बताउँदै सबै कुरा अत्यन्त प्रेरणादायी भएको बताइन्।