सिद्धार्थ बैंक नेपाल स्टारको बैंकिङ पार्टनर


काठमाडौं, (नेस)
रियाली शो नेपाल स्टारको बैंकिङ पार्टनर सिद्धार्थ बैंक बनेको छ। ‘हामी नेपाली हाम्रो आवाज’ नाराका साथ नेपाल टेलिभिजनबाट शुरु हुन लागेको सांगीतिक प्रतियोगिता नेपाल स्टारको बैंकिङ पार्टनर सिद्धार्थ बैंक बनेको हो
नेपाल स्टार आयोजक कि एड्भरटाइजिङ र बैकिङ पार्टनर सिद्धार्थ र्बैकबीच साझेदारीपत्रमा हस्ताक्षर भएको छ। कार्यक्रम प्रस्तोताका रुपमा नेपाल टेलिभिजन (एनटिभी) का महाप्रबन्धक गोविन्द रोक्काले समेत सहमतिमा ऐक्यबद्धता जनाउनुभएको छ।
सहमतिपत्रमा हस्ताक्षर गर्दै कार्यक्रम अयोजक कि एड्भरटाइजिङका प्रबन्ध निर्देशक रवीन्द्रकुमार रिजालले पछिल्लो समयमा नेपालमा फ्रेन्चचाइज शो चर्चामा रहेकोमा नेपाल टेलिभिजले आफ्नै उत्पादनमा सातै प्रदेशलाई समेटेर नेपालकै पहिलो रियालिटी शो नेपाल स्टार ल्याउन सफल भएको बताउनुभयो।
राष्ट्रिय कार्यक्रमको रुपमा प्रसारणमा आउन लागेको यस कार्यक्रमले नेपालको स्टार जन्माउने उहाँले बताउनुभयो।