वाइन्सटिनको अपराधविरूद्धको निर्णयले ‘राम्रा सन्देश’ दिन्छ : ट्रम्प   

0
Shares

 नयाँ दिल्ली ।   

हलिउडका फिल्म निर्माता हार्वे वाइन्स्टाइनलाई बलात्कार र यौन दुव्यवहारका लागि दोषी ठहर गरेको अमेरिकी अदालतको निर्णय महिलाहरूको ‘ठूलो विजय’ भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ ।

अदालतको यो निर्णयले अमेरिकी न्यायको ‘उत्कृष्ठ सन्देश’ जाने उहाँले बताउनुभयो ।

“महिलाहरूको स्थानमा सोच्दा म के महशुस गर्छु भने यो निकै ठूलो कुरा हो,” वाइन्सटिनलाई सजाय सुनाइएको ठीक एक दिनपछि अमेरिकी राष्ट्रपति ट्रम्पले भारतको नयाँ दिल्लीमा गरेको एक पत्रकार सम्मेलनमा भन्नुभयो । “यो ठूलो विजय हो र यसले राम्रो सन्देश दिएको छ, निकै राम्रो सन्देश दिएको छ ।”

कुनै समय हलिउडका शक्तिशाली फिल्म निर्माताविरूद्ध सुनाइएको यो फैसला यौन दुव्र्यवहारविरोधी ‘मिटू’ आन्दोलनमा ऐतिहासिक विजयका रूपमा उल्लेख गरिएको छ
रासस/एएफपी