न्युज अफ नेपाल,काठमाडौँ ।
इरानका उप-स्वास्थ्यमन्त्री इरज हरिर्चीलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।मन्त्रालयका एक अधिकारीका अनुसार उनलाई आज कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको छ ।
पछिल्लो समय इरानमा कोरोना भाइरसको सङ्क्रमण जटिल बन्दै गएको इरानी स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् ।
हालसम्म इरानमा उच्च अधिकारीमा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको यो पहिलो घटना हो ।
प्रतिक्रिया