अमेरिकासँग साझेदारीका महत्वपूर्ण सवै पक्षमा छलफल भयो : मोदी

0
Shares

नयाँ दिल्ली । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग साझेदारीका सबै महत्वपूर्ण पक्षका बारेमा छलफल भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताउनु भएको छ ।

भारत भ्रमणमा रहनु भएका ट्रम्पसँग मङ्गलबार हैदरावाद हाउसमा भएको भेटवार्ताका क्रममा रक्षा, सुरक्षालगायतका विषयमा पनि कुराकानी भएको उहाँले बताउनुभयो ।

आज हामीले अमेरिका र भारतकाबीचमा साझेदारी गर्न सकिने सबै महत्वपूर्ण पक्षमा छलफल गरेका छौँ, मोदीले भन्नुभयो ।

उहाँले रक्षा, सुरक्षा, उर्जा, रणनीतिक साझेदारीता, व्यापार, नागरिक नागरिक सम्वन्धलगायतका बारेमा पनि छलफल भएको जानकारी दिनुभयो ।

अन्तरराष्ट्रिय चासो र स्वार्थ, एसिया प्यासेफिक स्टाटेजी, तेल र ग्यासलगायतका विषय पनि आपूmको छलफलका क्रममा उठेको मोदीको भनाइ छ ।
रासस/एएनआई