दिवाकर अधिकारी, मालारानी–८, अर्घाखाँची ।
(गजल)
सरकार दुई तिहाइको, हेप्न पाँईदैन
बिरोधका स्वर मनमा, खेप्न पाँईदैन ।।
आउँछन् भोट माग्छन, दिन्छन् सबथोक
बिजय उत्सव मनाएसि, देख्न पाँईदैन ।।
जनता उच्छृंखल भए, बने आचारसंहिता
नेता राजस्वी बन्दा त्यसले, छेक्न पाँईदैन ।।
यो सरकार नै भ्रष्ट्राचार, शून्य सहनशील छ
करोडौंको हिलो कसैले यहाँ, छेप्न पाँईदैन ।।
कल ट्यात्पिङ्ग हुन्छ ऐले, प्रेस ऐन बन्यो
मनभरि कुण्ठा हुन्छ तर, लेख्न पाँईदैन ।।
प्रतिक्रिया