ट्रम्पको भारत भ्रमण: मोदीलाई ‘चाय वाले’ का रूपमा सम्बोधन,‘पाकिस्तानसँग हाम्रो अत्यन्त राम्रो सम्बन्ध छ‘

0
Shares

आगरा (एजेन्सी)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार विश्वका सात आश्चर्यमध्येको एक ताजमहलको भ्रमण गरेका छन्। ट्रम्प र उनकी पत्नी मेलानिया आप्mनो टोलीका साथ एयरफोर्स विमानमा सवार हुँदै सोमबार साँझ आगरा पुगेका थिए। त्यस अवसरमा उनको स्वागत उत्तर प्रदेशका राज्यपाल र मुख्यमन्त्रीले गरेका थिए।

ऐतिहासिक ताजमहलको परिसरमा पुगेपछि डोनाल्ड ट्रम्पले आगन्तुक पुस्तिकामा एक सन्देश लेखेका छन्, उक्त सन्देशमा उनले भने– ‘ताजमहलले हामीलाई प्रेरणा दिन्छ। यो भारतको संस्कृतिकै विविधता र सम्पन्नताको भव्य सम्पदा हो, धन्यवाद इन्डिया।’

त्यसपछि ट्रम्प पत्नी मेलानियासँग ताजमहलको अद्भूत सुन्दरताको अवलोकन गर्न वरपर घुमिरहे। एक गाइडको मद्दतबाट उनीहरूले ताजसँग जोडिएका सम्पूर्ण जानकारी लिइरहे। मेलानिया र डोनाल्ड ट्रम्पले ताजमहल अवलोकनपछि तस्वीर पनि खिचाए। डोनाल्ड ट्रम्पकी छोरी इवान्का र उनका पति जेरेड कुस्नरले पनि ताजमहलको अवलोकनपछि आप्नै फोनबाट फोटो खिचिन्।

आगरा विमानस्थल ओेर्लेपछि उनीहरूको स्वागतमा मयूर नृत्य कार्यक्रम राखिएको थियो। मयूर नृत्य हेरेर अमेरिकी राष्ट्रपति र उनकी पत्नी मन्त्रमुग्ध भएका थिए। राष्ट्रपतिले कलाकारहरूको प्रशंसा गरिरहँदा उनकी छोरी इवान्काले ताली बजाई समर्थन दिइरहेकी थिइन्। विमानस्थलदेखि ताजमहलसम्म १५ किलोमिटर लामो लाममा ३ हजार कलाकारले उनीहरूलाई ब्रज र भारतको संस्कृतिले साक्षात्कार गराएका थिए।

यस अघि सोमबार बिहानै ट्रम्प र प्रथम महिला मेलानिया छोरी र ज्वाइँसँगै भारत पुगेका थिए। विमानस्थलमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अंकमाल गर्दै ट्रम्पको भव्य स्वागत गरेका थिए। पत्नी मेलानियासँगै ट्रम्प साबरमति आश्रम पनि गए।

अहमदाबादको विमानस्थलबाट विश्वकै सबैभन्दा ठूलो रंगशाला मोटेरो स्टेडियमसम्मको सवारीमा ट्रम्पलाई लाखौं नागरिकले स्वागत गरका थिए। मोटेरो स्टेडियममा आप्mनो भाषणमा ट्रम्पले भारत अत्यन्तै धरै विविधता भएको तर पनि यहाँका जनताको एकता विश्वमा एक उदाहरण भएको बताए। भाषणमा मोदीको प्रशंसा गर्दै बीचैमा रोकेर प्रधानमन्त्री मोदीसँग हात मिलाउन पुगेका थिए।

अमेरिकी राष्ट्रपति ट्रम्पले आप्mनो भाषणमा आपूmले पाएको आतिथ्य सदाका लागि स्मरण रहने बताए। उनले भने– ‘भारत हाम्रो हृदयमा एक विशेष स्थान राख्नेछ। प्रधानमन्त्री मोदीले ‘चाय वाले’ का रूपमा शुरुआत गरे, उनले चिया बेच्ने भएर काम गरे। जसले पनि उनलाई माया गर्छ तर म तपाईंहरूलाई यो भन्न चाहन्छु कि उहाँ अत्यन्त कडा हुनुहन्छ।

ट्रम्पले आफ्नो भाषणमा दीपावली, होली, भांगडा, सचिन तेन्डुलकर, विराट कोहली र बलिवुड फिल्म शोलेसँगै ‘दिलवाले दुल्हनियाले जाएगँे’ को पनि उल्लेख गरे। प्रधानमन्त्री मोदीको नेतृत्वमा भारत अत्यन्तै तीव्र गतिमा अगाडि बढिरहेको ट्रम्पले बताए। ट्रम्पले भाषणमा पाकिस्तानको पनि उल्लेख गरे। पाकिस्तानसँग आप्नो सम्बन्ध अत्यन्त राम्रो रहेको र आप्mनो सरकारले पाकिस्तानको भूमिमा सक्रिय कट्टरपन्थी नष्ट गर्न पाकिस्तानसँग मिलेर काम गरिरहेको बताए।

पाकिस्तानका विषयमा ट्रम्पले भने– ‘आप्नो देशको सीमा सुरक्षा गर्ने हरेक देशलाई अधिकार छ। अमेरिका र भारतले फैसला गरेको छ, सँगै मिलेर आतंकवादलाई रोक्नेछौं र उनीहरूको विचारधारासँग लड्नेछौं। त्यसलै, राष्ट्रपतिको कुर्सी सम्हालेपछि अमेरिकी प्रशासन पकिस्तानसँग अत्यन्तै सकारात्मक तरिकाबाट काम गरिरहेको छ यसकारण पाकिस्तानी सीमाबाट सक्रिय आतंकवादी संगठन र कट्टरपन्थीहरूलाई नष्ट गर्न सकून्। उनले पािकस्तानसँग अत्यन्त राम्रो सम्बन्ध रहेको पनि बताए।

पाकिस्तानसँग हाम्रो सम्बन्ध अत्यन्तै राम्रो छ। यी प्रयासका आधारमा हामी पाकिस्तानसँग ठूलो सफलताको संकेत पाइरहेका छौं। दक्षिण एसियाका सबै देशबीच तनाव कम हुनेछ भन्ने हामीलाई पूरा अपेक्षा छ, स्थिरता बढ्नेछ र भविष्यमा एक अर्काबीच सौहार्द बढ्नेछ– ट्रम्पले भने।

ट्रम्पले महात्मा गान्धीको आफूले अत्यन्तै सम्मान गरेको बताए। मंगलबार आफू दिल्लीमा राजघाट गएर महान व्यक्तित्व महात्मा गान्धीलाई श्रद्धान्जलि अर्पित गर्ने बताए। दिल्लीमा आफूले दुवै देशबीचको सम्बन्धलाई अझ बलियो पार्न छलफल गर्ने बताए।