परिवार दलको मागप्रति नेकपा सकारात्मक

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल परिवार दलका अध्यक्ष एवं पूर्वमन्त्री एकनाथ ढकालले विगतमा दुई दलबीच भएको सहमति कार्यान्वयनका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाललाई ध्यानाकर्षण गराउनुभएको छ।

गत निर्वाचन अघि तत्कालीन नेकपा एमालेसँग चुनावी कार्यगत एकता गर्ने गरी तीनबँुदे सहमति भएको थियो। सोअनुसार परिवार दलले नेकपा एमाले र माओवादी गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने र चुनावपछि परिवार दललाई संसद्मा प्रतिनिधित्व गराउने सहमति भएको थियो।

परिवार दलले हालै भएको राष्ट्रियसभा निर्वाचनमा पनि नेकपालाई सहयोग गरेको थियो। सो अवसरमा अध्यक्ष दाहालले विगतमा पार्टीसँग भएको सहमतिलाई आफूले सकारात्मक रूपमा लिने जानकारी गराउनुभएको छ।

भेटमा नेकपाका महासचिव विष्णु पौडेल, परिवार दलका महामन्त्री विनोद डाँगी, प्रवक्ता सन्तोष पौडेललगायतका नेता पनि सहभागी हुनुहुन्थ्यो।