भीम रावलले भने – प्रधानमन्त्री ज्यू देश आमा हुन्, काटेर खान मिल्दैन

0
Shares

न्युज अफ नेपाल,काठमाडौँ ।

प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिन अवसरमा नेपालको नक्सा आकारको केक काटेर खाएपछि सत्तारुढ नेकपा नेता भीम रावलले बिरोध जनाएका छन् ।

सोमबार एक ट्वीट गर्दै उनले देश आमा समान भएकाले कसैले काटेर खान नमिल्ने भन्दै बिरोध जनाएका हुन् ।तडक भडक र ठूलो रकम खर्च गरेर जन्मदिन मनाउन पाटीको आचार संहिताले समेत नदिने स्पष्ट पारेका छन् ।

उनले लेखेका छन्, “प्रधानमन्त्रीज्यूलाई जन्मदिनको शुभकामना !
यो मनन गर्नु भने उचित हुन्छ-केक काट्ने नेपाली मौलिक सँस्कृति होइन, देशलाई हामी आमा भन्छौं, काटेर खान मिलेन, अँझ ‘समृध्दि’का लागि संसारका सामु हात पसारिरहेको बेला अति ठूलो रकम खर्चेर जन्मदिन मनाउन मिल्दैन; पार्टी निर्णयले झनै मिल्दैन ।”

सार्वभौम राज्यको नक्सालाई टुक्रा टुक्रा पारेर खाएपछि यतीबेला सामाजिक सञ्जालहरुमा उनको चर्को बिरोध भईरहेको छ ।

नेकपाले गत माघ ५ गते पार्टीभित्र विशेष परिपत्र जारी गर्दै आचार संहिता तोकेको थियो । उक्त परिपत्रमा पार्टीका नेता, कार्यकर्ता तथा सदस्यले पालन गर्नुपर्ने आचारसंहिताको बारेमा उल्लेख गरिएको छ।

आचार संहितामा परिवारभित्र बेलाबेलामा परिवारका सदस्यहरू सबै जुटेर पारिवारिक बैठक बसी हार्दिकतापूर्ण वातावरणमा सबलै सबैलाई सल्लाह, सुझाव दिने र आलोचना गर्ने स्थिति निर्माण गुर्नपर्ने उल्लेख छ।

आचार संहिता नेकपाका कार्यकर्तादेखि अध्यक्षसम्मलाई लागु हुन्छ । तर ओलीले आइतबार त्यो आचारसंहिता पनि उल्लंघन गरेका छन् ।

भारतमा पाँच वर्षअघि भारतीय कांग्रेस पाटीकी अध्यक्ष सोनिया गान्धीको जन्मदिनमा भारतको झण्डाको केक बनाएर काटेर खाएपछि चर्को बिरोध भएको थियो।