सहकर्मीलाई बलात्कार गरेको भन्दै पूर्वअसई प्रकाउ

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

आफ्नै सहकर्मीलाई बलात्कार गरेको भन्दै नेपाल प्रहरीका पूर्वअसई राजेन्द्र राईलाई पक्राउ गरिएको छ ।करिब ९ महिनाअघि आफू बलात्कृत भएको भन्दै एक महिला प्रहरीले राजेनद्रविरुद्ध महिला तथा बालबालिका सेल, कालीमाटीमा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बलात्कारको आरोप लागेपछि राईले यही फागुन १ गते राजीनामा दिएका थिए । राईलाई जिल्ला अदालत काठमाडौंबाट म्याद थप गराइ अनुसन्धान भइरहेको डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।