कर्णाली प्रदेश सरकारद्वारा १० निर्णय सार्वजनिक

0
Shares

दिपेन्द्र शर्मा,सुर्खेत। 

कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषदको वैठकले विभिन्न १० वटा निर्णयहरु गरेको छ । प्रदेश सरकारको मन्त्रीपरिषदको पछिल्लो वैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा विभिन्न १० (दश) वटा निर्णय गरिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम भूमि ब्यवस्था,कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिनुभयो ।

वैठकले कर्णालीमा ब्यवसायिकरुपमा कृषि ब्यवसाय संचालन गर्न व्यावसायिक कृषि तथा पशुपंक्षी पालन व्यवसायको लागि व्याज अनुदान कार्यक्रम कार्यविधि, २०७६ स्वीकृत गरेको छ । अत्यावश्यक सेवा र सहरी सौन्दैर्यका संरचना निर्माणका लागि दमकल, पानिट्याङ्कर, डिपबोरिङ् र ट्राफिक लाईट व्यवस्थापनको लागि वीरेन्द्रनगर नगरपालिकालाई सहयोग उपलब्ध गराउने , प्रदेश सरकारबाट स्थानीय तहमा हस्तान्तरण गरिने योजना तथा कार्यक्रमहरुको सम्बन्धमा आर्थिक मामिला तथा योजना मन्त्रालयलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको प्रवक्ता केसीले जानकारी दिनुभयो ।

त्यस्तै वैठकले कर्णाली प्रदेश भित्रको राष्ट्रिय वनको संरक्षण र सुव्यवस्था गर्न बनेको विधेयक, २०७६ र कर्णाली प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ को मस्यौदा स्वीकृति गर्ने, कर्णाली प्रदेश भूमि समस्या तथा व्यवस्थापन सुझाव समिति (गठन) आदेश, २०७५ को (प्रथम संशोधन) गर्ने निर्णय गरिएको उहाँले वताउनुभयो ।

बालबालिकाको अधिकार संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धी व्यवस्था गर्ने बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने वैठकले निर्ण गरेको छ ।

त्यस्तै वैठकले कर्णाली प्रदेश प्रसारण नियमावली २०७६ लाई स्वीकृत प्रदान गरेको छ । च्याम्पीयन्स वुक अफ वल्ड रेकर्ड कायम गर्ने महावै गाउँपालिका वडा नं ५ कालिकोट निवासी विजय शाहीलाई पुरस्कार रकम रु दुई लाख उपलब्ध गराउने निर्णय गरिएको मन्त्री केसीले जानकारी दिनुभयो ।