अर्घाखाँची अब छिट्टै देशको नमुना जिल्ला बन्छ : नेता रायमाझी

0
Shares

न्युज अफ नेपाल, अर्घाखाँची ।

अर्घाखाँचीको मालारानी–८ कमेरेपानीस्थित बालशिक्षा आधारभुत विद्यालयको ६० औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । उक्त विद्यालयको बार्षिकोत्सब तथा अभिभावक भेलाको उद्घाटन समारोहमा बोल्दै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले जिल्लामा चौतर्फी रुपमा विकास निर्माणका कामहरु भैरहेकाले अब छिट्टै देशको नमुना जिल्ला बन्ने दाबी गर्नुभएको छ। ३ वर्ष भित्रमा सबैको घरघरमा पानीको धारो पुराउने गरी योजनाका कामहरु अघि बढाइएको जानकारी दिनुभयो ।

हाँले नगरपालिका तथा गायँपालिकाका सम्पूर्ण वडामा आधारभुत स्वास्थ्य संस्थाहरु निर्माणको चरणमा रहेको बताउनुभयो । रायमाझीले भन्नुभयो– ‘अब उत्पादनसँग जोडेर जिल्लालाई स्वरोजगार बनाउनु पर्छ । उहाँले भन्नुभयो– ‘मुलुकभर राष्टिय योजनाका सडक ८० वटा हुँदा अर्घाखाँचीमा मात्र ८ वटा राष्ट्रिय स्तरका योजनाहरु सञ्चालनमा हुनु त्यसको गतिलो उदाहरण हो’ ।

त्यस्तै सो प्रदेश सभामा सदस्य चेतनारायण आचार्यले शिक्षा क्षेत्रको सुधार गर्नको लागि सबै एक जुट हुनु पर्ने बताउनु बताउनुभएको छ । वर्तमान शिक्षा प्रणालीमा आमुल परिवर्तन गर्न सके मात्रै मुलुक समृद्धिको दिशामा अगाडी बढ्ने बताउदै प्राबिधिक र रोजगार मुलक शिक्षाको विकासमा जोड दिनुपर्ने बताउनु भयो ।

प्रदेश सभामा सदस्य आचार्यले नेकपाले निर्बाचनको बेला जन्तामाझ बोलेका प्रतिबद्धताहरु पुरा हुने चरणमा रहेका स्पस्ट पार्नुभयो ।
त्यस्तै मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले सो विद्यालयलाइ माध्यमिक विद्यलाय सञ्चालन गर्न लागि आवस्यक आवस्यकता सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

त्यस्तै जिल्लाभर शिक्षा क्षेत्र सुधार गर्न दरबन्दी मिलान, १ कक्षादेखी नै अंग्रेजी माध्यममा पठन पाठनलगायत सुरु गरेको बताउनुभयो ।
शिक्षाबिद् नरेन्द्रकुमार क्षेत्रीले माध्यमिक बिद्यालय समुदायको लगानीमा सञ्चालन गर्ने बिषयमा सेतो हात्ती पाल्नु सरह भएकाले आर्थिक अवस्था मजबुत बनाउनु पर्ने बताउनु भयो ।

मालारानी गाउँपालिका वडा नं ८ का वडाध्यक्ष नरेन्द्रकुमार बस्नेतले निर्बाचनको बेला माध्यमिक बिद्यालय बनाउने प्रतिबद्धता पुरा गरेको भन्दै सबैको सहयोगको अपेक्षा गरेको बताउनु भयो ।विद्यालयमा गुणस्तर सुधार गर्न शिक्षक अभिभावक र विद्यार्थीको महत्वपूर्ण भुमिका हुने सोही विद्यालयका पूर्वप्रधानाध्यापक शोभाखर पन्थीले बताउनु भयो ।

कार्यक्रममा भुमेदह माविका प्रध्यानाध्यापक भुपेन्द्र थापा, विद्यालयका पूर्ब व्यबस्थापन समितीका सदस्य कृष्णबहादुर बस्नेत विद्यालयका प्रधानाध्यापक राजेन्द्रप्रसाद पन्थी लगायतका वक्ताहरूले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

वार्षिकोत्सवको अवसर पारी विभिन्न कार्यक्रमहरुको समेत आयोजना गरीएको थियो । विद्यालयको कक्षा एकदेखि सातसम्मका प्रथम द्वितीय र तृतीय हुने विद्यार्थी तथा अनुशासित, लगनशील छात्राछात्रहरुलाई पनि पुरस्कार वितरण गरीएको थियो ।