प्रधानमन्त्रीले दिए राजीनामा

0
Shares

ऐजेन्सी । मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले राजीनामा दिने घोषणा गरेका छन् ।

सोमबार दिउँसो राजालाई सम्बोधन गर्दै महाथिरले विज्ञप्ति निकालेर राजीनामा घोषणा गरेका हुन् । नयाँ सरकार गठनका लागि बाटो खोल्दै महाथिरको पार्टी ‘पार्टी प्रिबुमी बर्सातु मलेसिया’ले पनि सत्तारुढ गठबन्धन त्यागेको छ ।

अबको प्रधानमन्त्री अनवर इब्राहिम बन्ने सम्भावना बढेको स्थानीय मिडियाले जनाएका छन् ।