ट्रम्पको सुरक्षामा जुटे लंगुर

0
Shares

न्युज अफ नेपाल, नयाँदिल्ली ।

भारत भ्रमणमा आइपुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सुरक्षाका लागि भारतीय प्रहरीले पाँचवटा लंगुर तैनाथ गरेको छ । ताजमहल भ्रमणमा आएका ट्रम्प दम्पत्तिलाई बाँदरको आक्रमणबाट जोगाउन लंगुर तैनाथ गरिएको हो ।

ताजामहल क्षेत्रमा बाँदरले पर्यटकलाई धेरै दु:ख दिने हुनले ट्रम्पको सुरक्षाका लागि यस्तो उपाए लगाइएको बिबिसी हिन्दीले जनाएको छ ।

ताजमहल र त्यस आसपासको क्षेत्रमा प्रायजसो बाँदरले पर्यटकमाथि हमला गर्ने हुनाले बाँदरलाई लखेट्नका लागि भारतीय सुरक्षाकर्मीले वन विभागका अधिकारीसँग सहयोग मागेको हो । भारत आउन लागेका ट्रम्पको स्वागतका लागि भारत सरकारले बाटो सफा गर्ने देखि लिएर ट्रम्पको गाडी चल्ने सडक क्षेत्रमा कडा सुरक्षा व्यवस्था गरेको छ ।