उत्तर कोरियामा कोरोना भाइरस फैलिएको आशंका, ३८० विदेशी नागरिक क्वारेन्टाइनमा

0
Shares

ऐजेन्सी । कोरोना भाइरसको संक्रमण फैलिए लगत्तै उत्तर कोरियाले ३८० जना विदेशी नागरिकलाई क्वारेन्टाइनमा राखेको छ ।

पहिलो पटक चीनको वुहानमा देखिएको कोरोना भाइरसको संक्रमण विभिन्न देशहरुमा फैलिरहेको छ । भाइरस भेटिएको शंकामा उत्तर कोरियाले करिब २ सय विदेशी नागरिकलाई घर भित्र रहन आग्रह गरेको थियो । उत्तर कोरियामा कोरोनाबाट संक्रमितको जानकारी भने आएको छैन ।

यस्तै, दक्षिण कोरियामा भने भाइरसका कारण ७ जनाको मृत्यु भइसकेको र ७६३ जना संक्रमित भेटिएको जनाइएको छ । विश्व स्वास्थ्य संगठनले ‘कोभिड- १९’ नाम दिएको उक्त भाइरसको संक्रमणबाट विश्वभर २ हजार ४ सय ६८ जनाको मृत्यु भइसकेको छ । ७९ हजार बढी मानिसमा भाइरसको संक्रमण भेटिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोरोना संक्रमणबाट अहिलेसम्म चीनमा २४४२, दक्षिण कोरियामा ७, इरानमा ८, जापानमा ४, इटालीमा २, हङकङमा २, ताइवानमा १, फ्रान्समा १ र फिलिपिन्समा १ जनाको मृत्यु भएको छ