बाँस्कोटाविरुद्ध सरकारले छानबिन गर्छः गृहमन्त्री

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा ।

निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाविरुद्ध सरकारले छानबिन गर्ने गृह मन्त्री रामबहादुर थापाले बताउनुभएको छ।

गृह मन्त्रालय र बाग्मती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उहाँले बाँस्कोटाका विषयमा सरकारले पनि छानबिन गर्ने बताउनुभएको हो।

सेक्युरिटी प्रिन्टिध्र प्रेस खरिद प्रकरणमा ७० करोड कमिसन ञडिलु गरेको अडियो सार्वजनिक भएपछि बिहीबार राजीनामा दिनुभएका बाँस्कोटाविरुद्ध सरकारले छानबिन गर्ने गृह मन्त्री थापाको भनाइ छ।

बाँस्कोटाले मेसिन खरिद प्रक्रिया शुरु गर्न स्विस कम्पनीका स्थानीय प्रतिनिधिसँग करोडौं कमिसन मागेको अडियो बुधबार राति सार्वजनिक भएको थियो। उक्त अडियो सार्वजनिक भएपछि बाँस्कोटाले बिहीबार मन्त्री पदबाट राजीनामा दिनुभएको थियो। कमिसन लेनदेनको कुरा चलिरहेको अडियो बाहिरिएपछि बाँस्कोटा मन्त्रिपरिषद्बाट बाहिरिन बाध्य हुनुभएको हो।

बैठकले बाग्मती प्रदेशको सुरक्षा अवस्थाको विश्लेषण गर्दै आगामी योजना तयार पारेको छ। बैठकमा पहिलो दिन चारवटै सुरक्षा निकाय र संघीय सरकारअन्तर्गत गृह मन्त्रालयका महाशाखा प्रमुखहरुले सुरक्षाको वर्तमान अवस्था र चालिएका कदमबारे प्रतिवेदन पेस गरेका थिए।

कार्यक्रममा बाग्मती प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेल, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कद्मेल, गृह सचिव महेश्वर न्यौपाने, गृह मन्त्रीका विज्ञ सल्लाहकार सूर्यप्रकाश सुबेदी, गृह मन्त्रीका सुरक्षा सल्लाहकार प्राडा. ईन्द्रजित राई, नेपाल प्रहरीका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्टिझय अनुसन्धान विभाग मुख्य अनुसन्धान निर्देशक गणेश अधिकारी, नेपाली सेनाका युद्धकार्य निर्देशनालय, जंगी अड्डा युद्धकार्य महानिर्देशक उपरथी राजेन्द्र कार्कीलगायत प्रदेशका १३ वटै जिल्लाका प्रजिअ, जनपद र सशस्त्र प्रहरीका प्रमुख, राष्टिझय अनुसन्धान विभाग प्रमुख र नेपाली सेनाका गणपतिको सहभागिता थियो।