लेन अनुशासन कायम गर्न नयाँ नियम

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

उपत्यकाको सवारी आवागमनलाई सहजता ल्याउन तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सूर्यविनायक-जडीबुटी सडक खण्डमा यात्रुवाहक तथा मालवाहक सवारीसाधन र कम गतिमा गुड्ने सवारीसाधन बायाँ लेनबाट र निजी तथा साना सवारीसाधन सधैँ दाहिने लेनबाट मात्र चलाउने व्यवस्था फागुन १४ गतेदेखि लागू गरिने भएको छ।

पछिल्लो समय उपत्यकाको सवारी आवागमनलाई थप सहज एव प्रभावकारी बनाउन प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठको अध्यक्षतामा गठित सुझाव समितिले सूर्यविनायक जडीबुटी सडक खण्डको अनुगमन गरी तत्काल उक्त सडक खण्डको टझाफिक व्यवस्थापनमा सुधार गर्न यात्रुवाहक, मालवाहक र बिस्तारै गुड्ने सवारीसाधन बायाँ लेनबाट र साना हलुका र द्रुत गतिमा गुड्ने सवारीसाधनहरु दाहिने लेनबाट गुड्दा टझाफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा उल्लेख्य सुधार हुन सक्ने भनि सुझाव पेस गरेको थियो।

समितिको उक्त सुझावलाई तत्काल कार्यान्वयन गर्न टझाफिक प्रहरी, सडक विभाग,यातायातसँग सम्बन्धित सरोकारवाला निकाय र स्थानीय नागरिकहरुबीच समन्वय एवं सहकार्य गरी लेन र जेब्राक्रसिध्र मार्किध्र, फुटपाथ तथा आकाशे पुलको उचित प्रयोग, टझाफिक लाइट सञ्चालन, बस बिसौनी तथा यात्रु प्रतीक्षालयको प्रयोग र विभिन्न प्रविधिहरुको प्रयोगबाट टझाफिक नियम पालनाजस्ता टझाफिक व्यवस्थापनका विषयमा छलफल गरी तोकिएको लेनको प्रयोगलाई कार्यान्वयन गरिने भएको छ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सवारीसाधनहरुले जथाभावी लेनको प्रयोग गरी सवारी चलाउने तथा लेन परिवर्तन गर्ने, लुकिध्र ग्लास र साइड लाइटको प्रयोग नगरी जथाभावी ओभरटेक गर्ने, तीव्र गतिमा सवारी चलाउनेलगायतका असावधानीले दुर्घटनाको जोखिम बढ्ने हुनाले त्यस्ता सडकमा गुड्ने सवारी र सडकको अवस्था हेरी सुरक्षित तरिकाले निर्धारित लेनमा तोकिएको गतिमा मात्र सवारी चलाइ सुरक्षित आवागमन हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो।

उहाँले भन्नुभयो- ‘सडक व्यवस्थित र सुविधायुक्त छ, यात्रुवाहक, मालवाहक र बिस्तारै गुड्ने गाडीहरु बायाँ लेनबाट र साना हलुका र द्रुत गतिमा गुड्ने सवारीसाधन दाहिने लेनबाट चल्ने अन्तर्राष्टिझय अभ्याससमेत रहेकोले यसलाई कार्यान्वयन गर्दा सडक अनुशासन कायम हुने र दुर्घटना न्यूनीकरण हुने अपेक्षा गरिएकोछ।’

उक्त सडक खण्डलाई व्यवस्थित गर्न टझाफिक नियमको पालना, सडक अनुशासन र सडक सभ्यता अभिवृद्धि हुने र टझाफिक नियमको पालन गर्ने प्रवृत्तिको समेत विकास हुने भएकाले प्रभावकारी कार्यान्वयनमा सघाउनका लागि सम्बन्धित सरोकारवाला संघ-संस्था, नागरिक समाजबाट प्रतिनिधित्व हुने गरी पूर्वप्रहरी निरीक्षक सिताराम हाछेथुको संयोजकत्वमा यातायात र सडक विभाग भक्तपुरको प्रतिनिधि रहेको ६ सदस्य अनुगमन समिति गठन गरिएको छ।