बर्दिया, (नेस)
तेस्रो बाँसगढी मेयर कप तथा राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको उपाधि नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लक्ष्मणपुरले हासिल गरेको छ।
४३ स्वर्ण पदक मध्य २१ स्वर्ण पदक प्राप्त गर्दै नेरामाविले उपाधि हात पारेको हो।
सो विद्यालय २१ स्वर्ण ४ रजत ५ कास्य पदक गरी २९ पदकसहित सर्वोउत्कृष्ट टोलीसमेत बन्यो। त्यस्तै, ६ स्वर्ण, ५ कास्य र १० रजत गरी कुल २१ पदकका साथ प्राप्त लक्ष्मी मावि बबई चेपाङले दोस्रो स्थान प्राप्त गरेको छ।
४ स्वर्ण, १३ रजत र ६ कास्यका साथ २३ पदक प्राप्त गरी नेरा माविले तेस्रो स्थान हात पारेको छ।











प्रतिक्रिया