सिटिजन्स बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सम्झौता


सिटिजन्स बैंक इन्टरनेसनल र सिद्धार्थ बिजनेस ग्रुप एन्ड हस्पिटालिटीबीच बैंकका ग्राहकलाई बिभिन्न सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

यस सम्झौता पश्चात् सिटिजन्स बैंकका डेबिट-क्रेडिट-प्रिभिलेज कार्डवाहकले सिद्धार्थ बिजनेस ग्रुप एन्ड हस्पिटालिटीको देशैभरी रहेका होटेल, क्याफे तथा रिसोर्टमा सेवा लिंँदा विशेष छुट पाउनेछन्।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ। यसैबीच बैंकले डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिका दुनैमा अवस्थित सरस्वती माध्यमिक विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत ५० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ।

विद्यालयले उक्त सहयोग रकमबाट हिमाली छात्रवासमा रही अध्ययन गरिरहेका २५ जना छात्र-छात्रा र महिला फिडर छात्रवासमा आवासीय रूपमा अध्ययन गरिरहेका २० जना छात्राको लागि आवश्यक खाद्यान्न तथा न्यानो लुगा खरिद गर्ने कुरा जनाएको छ।

सिटिजन्स बैंक इन्टरनेसनलले ९३ वटा शाखा, ९० वटा एटीएम र १०३ वटा शाखा रहित बैंकिङ एकाईबाट करिब पाँच लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।