विराट एक्स्पो सम्पन्न

0
Shares

नेपाल समाचारपत्र, विराटनगर

विराटनगरमा आयोजित विराट एक्स्पो २०७६ समापन भएको छ। लक्ष्य अनुसारको एक अर्ब बढीको कारोबार गर्दै एक्स्पो सम्पन्न भएको हो। फागुन २ गतेदेखि शुरु भएको कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी शनिबार समापन भएको हो।

उद्योग संगठन मोरङको आयोजना र प्रदेश सरकारको प्रवद्र्धनमा आयोजित ९ दिने अन्तर्राष्ट्रिय प्रदर्शनीको अवधिमा लक्ष्यअनुसारको कारोबार भएको आयोजकको दाबी छ।

एक्स्पोका संयोजक भोलेश्वर दुलालले प्रदर्शनी अवधिमा ३ लाख २५ हजार व्यक्तिले अवलोकन गरेको तथा १ अर्बको कारोबार भएको जानकारी गराउनुभयो।