विवाहित र अविवाहित सुन्दरीको स्पर्धा एकै मञ्चमा


अविवाहित र विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता राजधानीमा एक साथ सम्पन्न भएको छ। दक्ष इन्टरनेसनल प्रालिले जमलस्थित राष्ट्रिय नाँचघरको एकै मञ्चमा अविवाहित युवती र विवाहित महिलाबीच दुई सौन्दर्य प्रतियोगिता मिस एन्ड मिसेस ब्युटिफुल नेपाल २०२० आयोजना गरेको हो।

अविवाहित युवतीहरूबीचको प्रतियोगितामा रूपा अधिकारीले मिस ब्युटिफुल नेपाल २०२० को उपाधि चुमेकी छिन्। उनले बेस्ट स्माइलको उपउपाधिलाई पनि आप्mनो बनाएकी छिन्। प्रतियोगितामा मेनुका श्रेष्ठ फस्ट र अस्मिता भट्ट सेकेन्ड रनर्सअप भए। अस्मिताले बेस्ट ट्यालेन्ट र मस्ट एक्टिभ उपउपाधिलाई पनि आप्mनो बनाइन्। त्यसै गरी सविशा गौतम थर्ड रनर्सअप भइन्। उनले मस्ट फोटोजेनिक फेस र वेष्ट हेयरको टाइटल पनि जितिन्।

प्रतियोगितामा मेनुका श्रेष्ठ बेस्ट डान्स र फेशन आईकन, निलम बानिया बेस्ट फिजिक, प्रबिना बानिया मस्ट क्रियटिभ, शोभा रिजाल मस्ट आईकोनिक आईज र भ्युअर्स च्वाईस, सुस्मिता देव सोसल वेलफेयर एम्बेसडर,आविशा गौतम बेस्ट पर्सनालिटी, आरजु न्यौपाने युट्युव मस्ट भ्युज, एरीका बाराकोटो बेस्ट ¥याम्प वाक, सविना राई मस्ट डिसिप्लेन्ड, सायरा सिलवाल मस्ट पंचुअल, यमुना आचार्य बेस्ट लिडरसिप, अस्मिता भट्ट फेसबुक च्वाइस, रोशनी पुन बेस्ट स्किन, एन्जिला सिह युथ विद रेस्पोन्सबिलिटी, सुजाता भट्टराई मस्ट पोजेटिभ एटिट्युड र मनिसा लाकन्दरी मिस कन्जिनियालिटीको उपउपाधि विजेता बने।

विवाहित महिलाहरूबीचको प्रतियोगितामा उर्मिला पन्त भण्डारीले मिसेस व्युटिफुल नेपाल २०२० को उपाधि चुमिन्। उनी मस्ट ट्यालेन्टेड र भ्युअर्स च्वाइस टाइटल विजेता पनि भइन्। मुना त्रिताल फस्ट रनर्सअप हुँदै बेस्ट पर्सनालिटिको उपउपाधिलाई पनि आप्mनो बनाइन्। सेकेन्ड रनर्सअपको उपाधि चुमेकी सुनिला केसी कार्की बेस्ट डान्सरको टाइटल विजेतासमेत बनिन्। त्यसैगरी मिस्मा खड्का थापा थर्ड रनर्सअप भइन्।

उनले मस्ट फोटोजेनिक र युट्युव मस्ट भ्युजको टाइटल पनि जितिन्। त्यसैगरी शारदा क्षेत्री बेस्ट ¥याम्प वाक, एलिना कार्की मस्ट डिस्सिप्लेन्ड, भावना थापलिया देवकोटा बेस्ट स्माइल, प्रमिला प्रधानांग मस्ट पंचुअल, रुथ पौडेल बेस्ट लिडरसिप र बेस्ट सिंगर, यशोदा खत्री मस्ट एक्टिभ र फेसबुक च्वाइस, दीक्षा थापा बेस्ट फिजिक, कल्पना लामाङदे बेस्ट हेयर, लक्ष्मी शाही बेस्ट स्पिच, पूजा दास बेस्ट स्किन, मिना खड्का बेस्ट फ्रेन्डली र यशोदा गड्तौला व्युटि विथ पर्पस टाईटल विजेता भए।

प्रतियोगितामा अभिनेता सरोज खनाल प्रमुख निर्णायक रहेका थिए भने गायक आनन्द कार्की, अभिनेता रमेश उप्रेती, गायिका सिन्धु मल्ल, हास्य कलाकार तथा निर्देशक शिवहरि पौडेल, गायक डा. आभाष लाभ र गीतकार डा. डीआर उपाध्याय निर्णायक रहेका थिए।