संविधान संशोधन गर्न कार्यदल गठन

0
Shares

काठमाडौं, (नेस) ।

नेकपाले संविधान संशोधनबारे गृहकार्य गर्न कार्यदल गठन गरेको छ। वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा पूर्वसभामुख सुवास नेम्वाङ र नेता खिमलाल देवकोटा रहेको कार्यदल गठन गरेको हो।

कार्यदलले उपाध्यक्ष वामदेव गौतमको मागअनुसार राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्न गृहकार्य गर्ने बताइएको छ। राष्ट्रपतिबाट मनोनित गरेर गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने गृहकार्य नेकपाभित्र शुरु भएको छ। शनिबार मात्र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको थियो।

यसअघि नै नेकपालको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्य बन्न प्रस्ताव गरेको थियो। तर गौतमले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन भए मात्र राष्ट्रिय सभामा जाने अडान राख्नुभएको थियो। रिक्त राष्ट्रिय सभा सदस्यका लागि गत माघ ९ मा सम्पन्न निर्वाचनमा गौतमले भाग लिनुभएको थिएन।