कोरोना भाइरस: वुहानमा अर्का एक डाक्टरको मृत्यु

0
Shares

ऐजेन्सी । कोरोना भाइरसका कारण चीनमा अर्का एक डाक्टरको मृत्यु भएको छ ।

वुहानस्थित सिची जाङबे अस्पतालका २९ वर्षिय डाक्टर सिया सिसिको भाइरस संक्रमणका कारण मृत्यु भएको हो । भाइरस संक्रमितको उपचारमा लागि परेका सिसिलाई गत जनवरी १९ मा अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालका अधिकारीहरुले जनाउका छन् ।

भाइरस संक्रमणकै कारण पनि वुहानका एक २९ वर्षिय डाक्टर पेङ यिनहुवा र वुहान अस्पतालका निर्देशक लिउ झिमिङको मृत्यु भएको थियो ।

आइतबार बिहानसम्मको तथ्यांकअनुसार विश्वभर ७९ हजार ९३० जनामा कोरोनाको संक्रमण देखिएको छ । यस्तै, मृतकको संख्या २ हजार ४६१ पुगेको छ ।