सम्झौताको स्वागत

0
Shares

ब्रसेल्स, (एजेन्सी)

उत्तर अटलान्टिक सैन्य सहयोग संगठन नेटोको प्रमुख जेन्स स्टोलेनबर्गले अमेरिका र तालिवानबीच ऐतिहासिक सहमतिको स्वागत गरेको छ। यस सम्झौताले अफगानिस्तानमा दीर्घकालीन शान्तिका सम्भावित मार्ग खुल्ने उनले बताए।

अमेरिका र तालिवानले फेब्रुअरी २९ मा सम्झौतामा हस्तारक्षर गर्ने जनाएका छन्। यस सम्झौतालाई अफगानिस्तानमा जारी संघर्षलाई लिएर महत्वपूर्ण मोड मानिएको छ।

यस सम्झौताअनुसार अमेरिकाले १८ वर्षपछि अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता गर्न सक्नेछ। स्टोलनवर्गले अफगानिस्तानमा हिंसा अन्त्य गर्न सहमति बनेको घोषणाको स्वागत गरेको बताए।