दुई बैंकको ऋण लगानीमा रिर्साट खुल्दै

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
ओमस्टोन एसिया क्यापिटल नेपाल प्रालि (ओएसीएनपीएल) ले धुलिखेलमा पाच तारे होटल तथा रिसोर्ट स्थापना गर्नको लागि वित्तीय व्यवस्थापन भएको छ ।
हिमालयन रिसोर्ट एन्ड स्पा स्थापनाको लगानीका लागि सहवित्तीयकरणअन्तर्गत सानिमा बैंकको अगुवाईमा राष्ट्रिय वाणिज्य बैंकले ऋण सम्झौता गरेका छन् । सो परियोजना निर्माणको अनुमानित लागत एक अर्ब २७ करोड रुपियाँ रहेको छ ।
ओएसीएनपीएलले होटल व्यवस्थापन र सञ्चालनको लागि दुसित इन्टरनेसनलसग सहकार्य गर्नेछ । दुसित इन्टरनेसनल थाइल्यान्डको प्रख्यात हस्पिटालिटी तथा शैक्षिक क्षेत्रसग सम्बन्धित ब्रान्ड हो ।
विगत ६५ वर्षदेखि हस्पिटालिटी क्षेत्रमा विश्वस्तरीय एवम् गुणस्तरीय सेवा प्रदान गर्दै आएको दुसित इन्टरनेसनलको हाल १८ वटा देशमा २९ वटा होटल तथा रिसोर्ट सञ्चालनमा गरिरहेको छ भने अस्ट्रेलिया, नेपाल, भुटान, चीन, इन्डोनेसिया, केन्या, म्यानमार, ओमन, फिलिपिन्स, कतार, साउदी अरब, सिंगापुर, टर्की र युएई जस्ता देशहरुमा ५२ वटा प्रोजेक्ट निर्माणको योजनामा रहेका छन् ।