सीताराम अधिकारी, धादिङ ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ९ को ज्यामिरेघाटबाट ट्रक त्रिशुलीमा खस्दा एक जनाको मृत्यु भएको छ ।
आइतबार बिहान ना ५ ख ३७७७ नम्बरको सिमेन्ट बोकेको ट्रक त्रिशूलीमा खस्दा मकवानपुर भिमफेदी निवासी चालक बिखे थाेकरकाे मृत्यु भएको हो ।
दुर्घटनामा परी सहचालक सप्तरी रुपनगरका राजेश विक घाईते भएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानाकारी दिनुभयाे ।
प्रतिक्रिया