खोरुंगा खोला जलविद्युत् आयोजना राष्ट्रिय लाइनमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

तेह्रथुम पावर कम्पनीले बनाएको ७ दशमलव ५ मेगावाट क्षमताको माथिल्लो खोरुंगा खोला साना जलविद्युत् आयोजना सञ्चालनमा आएको छ। प्रधानमन्त्रीको एक्सन रुमबाट शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजनाको उद्घाटन गरेसँगै आयोजना सञ्चालनमा आएको हो ।

तेह्रथुमको मेन्छ्याम गाउँपालिकामा भएको उद्घाटन कार्यक्रमलाई प्रधानमन्त्रीले बालुवाटारबाटै सम्बोधन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा ऊर्जामन्त्री वर्षमान पुनलगायतको उपस्थिति रहेको थियो । यो आयोजनामा माछापुच्छ«े बैंकको नेतृत्वमा नेपाल बंगलादेश बैंक र ग्लोबल आइएमईले ऋण लगानी गरेका छन् ।

करिब १ अर्ब ३२ करोड ५० लाख रुपियाँ लागतको आयोजनामा माछापुच्छ«े बैंकले ४० करोड, नेपाल बंगलादेश बैंकले ३० करोड र ग्लोबल आइएमईले ३० करोड लगानी गरेका छन् ।

स्थानीयबासीको समेत आयोजनामा शेयर लगानी रहने प्रवद्र्धक कम्पनीका प्रबन्ध सञ्चालक मोहनकुमार डाँगीले जानकारी दिनुभयो । यो आयोजनामा २० प्रतिशत सर्वसाधारणलाई पनि शेयर दिइने डाँगीको भनाइ छ ।

आयोजनाबाट उत्पादित विद्युत् ४ दशमलव ७ किलोमिटर लामो ३३ केभी प्रसारण लाइनबाट नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनमार्फत राष्ट्रिय प्रसारणमा जोडिएको छ ।

तेह्रथुमको साविकको मोराहाङ, श्रीजुङ, पौठाक र ओयाक्जुङ गाविसको बीच भएर बग्ने खोरंगा खोलाबाट विद्युत् उत्पादन गर्ने गरी २०६६ साल मंसिरमा विद्युत् सर्वेक्षण अनुमतिपत्र र २०७३ भदौमा उत्पादन अनुमतिपत्र लिइएको थियो । निर्माण शुरू भएको २ वर्षमा आयोजना सञ्चालनमा आएको हो ।