गल्ती गर्ने कसैलाई छुट छैन: प्रचण्ड

0
Shares

काठमाडौं, (नेस)

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट नदिने बताउनुभएको छ। उहाँले सो कुरा शनिबार प्रेस संगठन नवलपुरद्वारा आयोजित कार्यक्रममा बोलने क्रममा बताउनुभएको हो।

‘सञ्चारमन्त्रीको विषयमा आएको कुराका बारेमा प्रधानमन्त्रीले तत्काल पहल लिएर उहाँलाई राजीनामा दिने र बाँकी अनुसन्धान गर्नुपर्ने विषय भए सम्बन्धित निकायले अनुसन्धान गर्ने भन्ने पहल लिएकाले त्यो समस्या समाधानको विषयतिर गएको छ’, प्रचण्डले भन्नुभयो– ‘अहिले सबै विषय अनुसन्धानको प्रक्रियामा छन्, गल्ती गर्नेलाई छुट दिने पक्षमा हामी छैनौं।’

उहाँले एमसीसी परिवर्तन नै हुन नसक्ने दस्तावेज नभएकाले परिमार्जन गरेर अगाडि बढाउने तयारी भइरहेको बताउनुभयो।