सिटिजन्स बैंकले एकैपटक सञ्चालनमा ल्यायो चार शाखा


काठमाडौं, (नेस)

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा थप चार वटा नयाँ शाखाहरू सञ्चालनमा ल्याएको छ । बैंंकले मोरंगको कन्चनबारी (राजवंशीचोक), कास्कीको हस्पिटल चोक (पोखरा) र कैलालीको अत्तरिया तथा सुखड शाखाहरू संचालनमा ल्याएको हो ।

उक्त शाखाहरूको शुभारम्भ समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरूको उपस्थिति रहेको थियो ।