अख्तियारले मार्यो सञ्चार मन्त्रालयमा छापा, मन्त्री बास्कोटाका कागजपत्र सिलबन्दी

14
Shares

न्युज अफ नेपाल,काठमाडौँ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको निजी सचिवालयमा आज छापा मारेको छ ।

सचिवालयमा छापा मारेर बास्कोटाका कागजपत्र सिलबन्दी गरिएका  छ ।आज साँझ मन्त्रालय पुगेका सादा पोशाकका प्रहरीले निजी सचिवालयको कागजात जफत गरी मन्त्रीले प्रयोग गर्ने दराजमा रहेका कागजात सिलबन्दी गरेका हुन् ।

बुधबार बेलुका मात्रै बार्गेनिङ्ग गरेको अडियो सार्वजनिक भएपछि बिहीबार बास्कोटाले मन्त्रीपदबाट राजीनामा दिएका थिए ।