युवराज खतिवडाले पाए संचारमन्त्रीको जिम्मेवारी,नेम्वाङलाई शहरी बिकास

0
Shares

न्युज अफ नेपाल,काठमाडौँ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा. युवराज खतिवडाले पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई संचार मन्त्रालयको जिम्मेवारी तोकेकी हुन्।

त्यस्तै शहरी विकास मन्त्रालयको जिम्मेवारी भने भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेवाङलाई दिईएको छ ।यसअघि उक्त दुवै मन्त्रालयको जिम्मेवारी गोकुल बास्कोटाले सम्हालिरहेका थिए ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा स्वीस कम्पनीका एजेन्टसँग कमिसनका विषयमा छलफल भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले बिहीबार नै प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए ।