मधेशमा महिलाहरुको उत्थानमा बिशेष प्रयन्त गर्न जरुरी : बरिष्ठ नेता नेपाल

0
Shares

सञ्जय कार्की,रौतहट ।

महिलाहरुको क्षमता बढाउने उदेश्यले हरेक बर्ष झै यस बर्ष पनि राजदेबी मिडिया प्रालिले साईकल दौड प्रतियोगिता सम्पन्न गरेको छ । आठ बर्ष देखि रौतहटका महिलाहरु बीच साईकल प्रतियोगिता गराउदै प्रथम, द्धितिय र त्रितिय हुने महिला लाई पुरस्कृत समेत गर्दै आएको छ । सो प्रतियोगितामा सहभागि २७ जना मध्ये गौर नगरपालिका–५ निबासी चन्चल कुमारी कोईरी प्रथम भईन ।

उनले ५० हजार नगद र साईकल प्राप्त गरिन । दोस्रो राजदेबी नगरपालिका–६ निबासी रबीना साह भईन । उनले नगद ३० हजार र साईकल प्राप्त गरिन भने तेस्रो स्थानमा गौर नगरपालिका–६ निबासी अन्चल कुमारी साह भईन । उनले नगद २० हजार र साईकल प्राप्त गरेकी छिन । सो प्रतियोगिताको लागि जिल्लाभरी बाट २ सय जना प्रतियोगितामा सहभागि भएपनि छनौटमा २७ जना परेको आयोजक संस्थाका अध्यक्ष रामपुकार राउतले बताउनु भयो ।

रौतहटको सदरमुकाम गौरमा बिहीबार आयोजना गरिएको साईकल दौड प्रतियोगिताको उदघाटन गर्नु हुदै नेकपाका बरिष्ठ नेता एबम पुर्ब प्रधानमंन्त्रि माधब कुमार नेपालले मधेशमा महिलाहरुको उत्थानमा बिशेष प्रयन्त गर्न जरुरी रहेको बताउनु भयो ।

महिलाहरु लाई अहिले पनि खेतीपाती, भातभान्सा, र बालबच्चा लाई हेर्ने मात्र काम लगाएर अधिकार दियौ भन्छौ तर जवाना बदलिएको बताउनु हुदै उहाले जसरी संसार र समाज बदलिएको छ त्यस्लाई आत्मसात गर्दै अगाडी बढन जरुरी रहेको बताउनु भयो ।

महिला माथि अनेक प्रकारको हिसा हुनु आफैमा दुखख रहेको बताउनु हुदै जबसम्म छोरी लाई शिक्षित र महिला लाई अधिकार दिईदैन तबसम्म देशको बिकास असम्भब रहेको बतउनु भयो ।उहाले महिला, उपप्रमुख, प्रमुख, मंन्त्रि, प्रधानन्यायधिश, र राष्ट्रपति बनिसकेको बताउनु हुदै अब मुख्यमंन्त्रि बन्न मात्र बाी रहेको बताउनु भयो ।

जोखिम पुर्ण काम गर्न सक्ने महिला लाई अबसर दिएर अगाडी बढाउनु पर्ने बताउनु भयो । महिला हिसाका घटनाहुदा पनि हामी मानबताबादी बनेको बताउनु भयो । संबिधान बनाउदा आफनो योगदान रहेपनि फासीको सजाय राख्न नसकिएको बताउनु भयो ।

आफु रौतहट आउदा कसैकसै लाई पसिना छुटने गरेको बताउनु हुदै उहाले आफु रौतहट आउदा बिकास निर्माणमै ध्यान दिने गरेको बताउनु भयो । सरकारले सुखि नेपाली सम्बृद्ध नेपाल बनाउने अभियानमा बिभिन्न परियोजनाको निर्माण थालेको बताउनु भयो ।