रुग्बीका पूर्वखेलाडीले श्रीमती र बच्चाको आगो लगाएर हत्या गरेपछि आत्महत्या गरेको आशंका

0
Shares

ऐजेन्सी । जील्यान्डका पूर्वखेलाडी रोवान ब्याक्सटर, उनकी श्रीमती र तीन जना सन्तानको अस्ट्रेलियाको ब्रिसबेनमा मृत्यु भएको छ ।

ब्याक्सटर आफैंले परिवारको हत्या गरी पेट्रोल छर्किएर आगो लगाएको अस्ट्रेलियन सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीका अनुसार बुधबार बिहान साढे आठ बजेको समयमा सो घटना घटेको थियो ।

४२ वर्षीय रग्बी खेलाडी ब्याक्सटरले परिवारको हत्या गरेपछि आफैँलाई चक्कु हानेर कारबाट बाहिर निस्किएका थिए । घाइते ब्याक्सटरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ब्याक्सटरकी ३१ वर्षीया श्रीमती हान्ना ब्याक्सटर र तीन जना बच्चाको समेत घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा महिलाले कार चलाइरहेको र पुरुष अघिल्तिरको प्यासेन्जर सीटमा बसेको देखिएको छ ।

आगो लाग्दै गरेको देखेपछि एक जना पुरुषले हान्नालाई बाहिर निकाल्ने प्रयास गरेका थिए । उक्त पुरुष समेत जलेर घाइते भएको प्रहरीले जनाएको छ ।