नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना हुँदा ६ जनाको मृत्यु, १८ घाइते

0
Shares

भारत । भारतमा अमालुर नजिकै नेपाली तीर्थयात्री चढेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो ।

भारतको सलिम बैंलुरु राष्ट्रिय राजमार्गमा बुधबार राति भएको दुर्घटनामा परी १८ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि मोहन कुमारमंगलमा मेडिकल कलेजमा लगिएको छ ।

उक्त बसमा ३४ जन नेपाली तीथालु सवार थिए । भारतको प्रसिद्ध तीर्थस्थल कन्याकुमारीको दर्शन गरेर नरीपल्लम जान लागेको बस पार्किङ गर्ने क्रममा अर्काे दिशाबाट आएको मिनिबससँग ठोक्किएको थियो । मृत्यु हुनेमा ४ पुरुष र २ महिला रहेका छन् । सनाखत भएका हरुमा ५६ वर्षीय गोपाल तामाङ, ५५ वर्षीया फितासरी चौधरी, ६० वर्षीय विष्णु दाहाल रहेका छन् ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।