संसदीय कोषको १५ लाखमा कालिका सामुदायिक भवन बन्ने

0
Shares

सरस्वती न्यौपाने, रसुवा । 

जिल्लाको कालिका गाउँपालिका वडा नं. २ कालिकास्थानमा संसदिय कोषको १५ लाखमा कालिका सामुदायिक भवन बन्ने भएको छ ।

प्रतिनिधि सभा सदस्य माननिय मोहन आचार्यले संसदिय कोषबाट १५ लाख बजेट छुटाई सबैलाई सहज हुने खालको दुई तल्ले भवन बनाउन लागिएको हो ।व्यक्तिगत भन्दा पनि सामाजिक काम लाई ध्यान दिनु आवश्यक रहेको ले सामुदायिक भवन बनाउन लागिएको हो ।
फागुन एक गते प्रदेश सभा सदस्य माननिय प्रेम तामाङ, शान्ति थिङ, कालिका गा.पा. का जनप्रतिनिधि, उत्तरगया गा.पा.का जनप्रतिनिधिहरु संघ संस्था लगाएत उपभोक्ता समितिका प्रतिनिधि, पत्रकार र स्थानिय को उपस्थितिमा प्रतिनिधि सभा सदस्य माननिय मोहन आर्चाय र प्रेम तामाङले शिलन्यास गर्नु भएके हो ।

सोहि अवसरमा समाज सेवी सेखर लम्साल, बुद्धिमान डंगोल लाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।