चिनियाँ असर नेपाली अर्थतन्त्रमा पर्न जोगाउनुपर्ने

0
Shares

काठमाडौं, (नेस)।

नेपाल उद्योग परिसंघले अर्थतन्त्र तथा उद्योग व्यवसायमा देखिएका समस्याबारे अर्थसचिव शिशिरकुमार ढुंगानासँग छलफल गरेको छ।

छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले भारतीय बजेटको प्रभाव मूल्यांकन गरी उद्योग व्यवसायलाई प्रतिस्पर्धी हुने वातावरणको सिर्जना गर्नुपर्ने, चीनमा देखा परेको कोभिड १९ भाइरसका कारण उत्पन्न परिस्थितिले कच्चा पदार्थ तथा तयारी वस्तुको आयात निर्यात तथा पर्यटन उद्योगमा पर्न गएको नकारात्मक असरलाई नियाल्नुपर्ने अवस्था आएको बताउनुभयो।

त्यस्तै निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापनमा भइरहेका सुधारको स्वागत गर्दै निर्यातका लागि थप प्रोत्साहन आवश्यक भएको तर्फ पनि अध्यक्ष मोरले ध्यानाकर्षण गराउनुभयो।

त्यस क्रममा अर्थसचिव शिशिरकुमार ढुंगानाले भारतको नयाँ बजेटको नेपाली अर्थतन्त्रमा पर्ने प्रभाव मूल्यांकन गर्न अध्ययन समितिले काम पूरा गर्न लागेको र त्यसले दिने सुझावलाई कार्यान्वयन गर्न जानकारी गराउनुभयो।