नेप्सेमा सुधार कायमै



काठमाडौं, (नेस)।

बुधबार शेयर बजारमा सामान्य अंकको वृद्धि देखिएको छ। यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५ दशमलव २४ अंकले सुधार आई १४०५ दशमलव २५ बिन्दुमा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक शून्य दशमलव ९९ अंकले बढेर २९५ दशमलव ९४ बिन्दुमा पुगेको छ। यस दिन कुल १ सय ७७ कम्पनीको ३४ लाख ५५ हजार ६ सय ८२ कित्ता शेयर एक अर्ब ६२ करोड ८८ लाख ४१ हजार ३ सय ८९ रुपियाँमा किनबेच भएका छन्।

कारोबार भएका कूल १२ उपसमूहमध्ये छ उपसमूहको शेयर उकालो लागेको छ। व्यापार, विकास बैंक, जलविद्युत्, उत्पादन, अन्य र लघुवित्त उपसमूहमा वृद्धि भएको छ। यस्तै बैंकिङ, होटल, माइक्रोफाइनान्स, निर्जीवन बीमा, जीवन बीमा तथा म्युचुअल फन्डको शेयर कारोबार ओरालो लागेको छ।

कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको १४ करोड ७१ लाख ६२ हजार ९१३ मूल्यमा किनबेच भई शीर्ष स्थानमा रहेको छ। आशा लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले नाफा कमाएका छन्। यस दिन मल्टीपर्पोज फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ९ दशमलव ५५ प्रतिशतले गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्