लाहोर, (एजेन्सी) ।
पाकिस्तानको कराँची शहरको केमारी क्षेत्रमा रहस्यमयी ग्यास चुहिँदा एक दर्जनभन्दा बढी व्यक्तिको ज्यान गएको छ।
तर अहिलेसम्म सो ग्यासको स्रोत भने पत्ता लाग्न नसकेको सुरक्षा अधिकारीहरुले बताएका छन्। सिन्ध प्रान्तको स्वास्थ्य विभागका अनुसार मृतकको संख्या १४ पुगेको छ। सरकारी अधिकारीले विगत दुई दिनदेखि उक्त रहस्यमयी ग्यास कहाँबाट निस्किएको हो भन्ने खोजीकार्य जारी राखेको छ।
आइतबार रातिदेखि केमारी क्षेत्रका मानिसहरुमा सास फेर्न गाह्रो हुने, आँखा, घाँटी र नाक पोल्ने र आँखाबाट आँसु बग्नेजस्ता समस्या देखिएका हुन् ।











प्रतिक्रिया