चिनियाँ दूतावासकाे विज्ञप्तिप्रति सम्पादकहरुको आपत्ति

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

‘द काठमाडौं पोस्ट’ ले मंगलबार प्रकाशित गरेको एक लेखलाई लिएर चिनियाँ दूतावासले जारी गरेको विज्ञप्तिप्रति सम्पादकहरुले आपत्ती जनाएका छन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यमका १६ जना सम्पादकले चिनियाँ दूतावासको विज्ञप्तिप्रति ध्यानाकर्षण भएको बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘प्रेसमा आएका सामग्रीप्रति असहमति राख्ने, त्यसको खण्डन गर्ने व्यक्ति वा संस्थाको अधिकारको हामी सम्मान गर्छौं, तर कुनै विचार वा समाचार प्रकाशित गरेबापत सम्पादकको नामै उल्लेख गरेर लान्छित गर्ने र धम्की दिने कार्यप्रति हाम्रो असहमति छ ।

यस्तै, दूतावासको विज्ञप्तिले कूटनैतिक मर्यादा नाघेको विज्ञप्तिमा उल्लेख छ ।

‘द काठमाडौँ पाेष्ट’ले मंगलबार विचार पृष्ठमा सिकागो ‘ट्रिब्युन र द कोरियन हेराल्ड’ मा प्रकाशित इभो डाल्डरको चीनसम्बन्धी लेख साभार गरेको थियो ।