विमान दुर्घटनामा परी ४ जनाको मृत्यु

0
Shares

अष्ट्रेलिया । अष्ट्रेलियाको मेलबोर्नस्थित ग्रामीण इलाकामा बुधबार दुई वटा साना विमान एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।

दुर्घटनामा परी विमानमा सवार चार जनाको मृत्यु भएको छ । स्रोतको अनुसार घटना (स्थानीय समय) बिहानको ११ः२५ मा भएको हो । मृत्यु हुनेको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

मेङलोर शहरमा करिब ४ हजार फिट माथि आकाशमा ठोक्किएका दुई विमानमा एक/एक जना पाइलट र एक/एक जना यात्रु सवार रहेको प्रहरीले बताएको छ ।

दुर्घटनाका बारेमा थप अनुसन्धान चलिरहेको छ ।