चीनबाट उद्दार गरी ल्याइएका कसैमा पनि काेरोना भाइरस नभेटिएको पुष्टि

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

चीनबाट उद्धार गरी ल्याइएका १७५ जना नेपालीहरुमा कोरोना भाइरसको संक्रमण नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबार भएको पत्रकार सम्मेलनमा मन्त्रलायका अधिकारहरुले वुहानबाट फर्काइएका नागरिकहरुमा कोरोना भाइरसको लक्षण नदेखिएको बताएका हुन् । भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका उनीहरुको स्वास्थ्य परिक्षणमा कोरोना भाइरस नेगेटिभ दखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जनाएका छन् ।

श्रेष्ठले भने, ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट मंगलबार अपरान्ह प्राप्त जानकारी अनुसार १७५ जनाको नाक र घाँटी भित्रको स्वाबको नमुनाहरुमा नोभेल कोरोना भाइरसको परीक्षण गर्दा कुनै पनि व्यक्तिमा २०१९ नोभेल कोरोना भाइरस (कोभिड–१९) नभेटिएको जानकारी गराइन्छ’, ।

चीनमा रहेका १८५ मध्ये १७५ जना नेपाली नागरिकलाई नेपाल वायु सेवा निगमको वाइडबडी जहाजद्वारा फागुन ४ काठमाडौं ल्याइएको थियो ।