बलिउड अभिनेत्री बलालको निधन


काठमाडौँ ।

बलिउड अभिनेता शाहरुख खानको फिल्म स्वदेशमा कावेरी आमाको भूमिका निर्वाह गरेकी कलाकार किशोरी बलालको मंगलबार राति निधन भएको छ। उनको भारतको बेंगलुरुको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

विभिन्न कन्नड फिल्ममा महत्वपूर्ण भूमिका निभाएकी बलालले सन् २००४ मा प्रदर्शन भएको शाहरुख खानको चलचित्र स्वदेशमा कावेरी आमाको भूमिका निर्वाह गरेकी थिइन्। उक्त फिल्ममा उनको भूमिकाको निकै चर्चा भएको थियो।

बलाल उमेर ढल्कीसँगै विभिन्न समस्याबाट ग्रसित रहेको भारतीय मिडियाले बनाएका छन्। बलालको निधनप्रति दुख व्यक्त गर्दै स्वदेशका डायरेक्टर आशुतोष गोवारिकले मन निकै दुखी बनाएको बताएका छन। उनले ट्विट मार्फत भने ‘उहाँप्रति हार्दिक श्रद्धाञ्जली ।’

https://twitter.com/AshGowariker/status/1229728365977849856?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1229728365977849856&ref_url=https%3A%2F%2Fdainikonline.com%2Fstory%2F25415%2F2020%2F2%2F19%2Fkishori-balal