सिमानामा भिडन्त


किभ, (एजेन्सी)
युक्रेनको सरकारी फौजले मंगलबार पूर्वी सिमानामा लडाकूहरुले गरेको भीषण गोलावारीका कारण एकजना सैनिकको ज्यान जानुका साथै अन्य चार जना घाइते भएको बताइएको छ।
तर रसिया समर्थित लडाकूहरुले ती युक्रेनी फौजले सीमारेखा नाघ्न खोज्दा त्यहाँ राखिएको वारुदी सुरुंग पडकिँदा दुईजनाको ज्यान गएको तथा अन्य तीनजना घाइते भएको जनाएका छन्।
युक्रेनका राष्ट्रपति भालोदिमिर जेलेन्स्कीले भिडन्त शुरू हुनासाथै सुरक्षा बैठक डाकेका छन्। यस हिंसात्मक घटनाले फितलो युद्धविराम सम्झौतामा नयाँ दबाब परेको छ।