राष्ट्रपति ट्रम्प पुनः निर्वाचित हुन योग्य ः डुटेर्टे

0
Shares

मनिला, (एजेन्सी)। 

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले अमेरिकासँगको दशकौं पुरोनो सैन्य सम्झौता अन्त्य गर्ने अमेरिकी राष्ट्रपतिको निर्णयको सराहना गर्दै डोनाल्ड ट्रम्प पुनः निर्वाचित हुन योग्य भएको बताए।

ट्रम्पले बुधबार विजिटिङ फोर्स एग्रिमेन्ट (भीएफए) अन्त्य गर्ने गर्ने डुटेर्टेको निर्णयप्रति उनको कुनै आपत्ति नहुने बताएका थिए। तर उनका रक्षामन्त्री मार्क एस्परले उक्त कदम एसियामा चीनलाई अन्तर्राष्ट्रिय कानुनबाट बाँधिराख्ने वासिङ्टन र अमेरिकाको सहयोगीको दबाबका लागि दुर्भाग्यपूर्ण हुने बताएका थिए।

‘वीएफएको अन्त्यका लागि राष्ट्रपति ट्रम्पको सुझबुझ र विवेकपूर्ण प्रतिक्रियामा राष्ट्रपति डुटेर्टेले टिप्पणीमा भनेका छन्– ‘राष्ट्रपति ट्रम्प राम्रो राष्ट्रपति हुन् र उनी पुनः निर्वाचित हुन योग्य छन्।’ राष्ट्रपतिका प्रवक्ता राल्भाडोर पनेलोले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ।

वीएफए अमेरिका–फिलिपिन्स गठबन्धन र फिलिपिन्समा अमेरिकी सैन्य परिचालन नियमलाई आकार दिन महत्वपूर्ण मानिन्छ।

यसअघि डुटेर्टेले अमेरिकी पाखण्डी र खराब व्यवहारको टिक्काटिप्पणी गरिरहेको भए पनि वासिङ्टनले दुई देशको सम्बन्धलाई अत्यन्तै बलियो भएको बताउँदै आइरहेको थियो।