पत्रकार पौडेलको जीवन बचाऔंं

0
Shares

काठमाडौं, (नेस)
क्रियाशील पत्रकार कमल पौडेललाई ब्लड क्यान्सर भएको निजामती अस्पताल बानेश्वरले जनाएको छ। सोमबारदेखि किमो दिएर उहाँको उपचार शुरू गरिएको छ। एक दशकअघि नेपाल समाचारपत्रमा समेत आबद्ध पौडेल हाल पत्रकारिता गर्नुका साथै आमसञ्चार विषयमा अध्यापनरत हुनुहुन्छ।

बोनम्यारोसम्म बदलेर गरिने उहाँको उपचारका लागि ३० लाखभन्दा बढी खर्च गर्नुपर्ने अस्पतालले जनाएको छ। उपचारका लागि आर्थिक संकलन गर्न नेपालमा आफन्तजन, शुभचिन्तक र पत्रकारहरू जुटेका छन् भने अमेरिकाको लुईभिल कन्टकीमा बसोबास गर्दै आएका समाचारपत्रका सहकर्मी किशोर सापकोटाको नेतृत्वमा गोफण्ड खाता खोलेर सहयोग जुटाउने काम शुरू भएको छ।

सापकोटाको नेतृत्वमा खोलिएको खातामा दुई दिनमा २ हजार अमेरिकी डलर संकलन भइसकेको उहाँले जानकारी गराउनुभयो। ४५ वर्ष उमेरका पौडेलका श्रीमती, दुई छोरा, एक छोरी र आफन्तजन बिरामीको सेवा र सहयोग जुटाउने कार्यमा दिनरात सक्रिय छन्।

सहयोग गर्न चाहनेहरूका लागि बिरामीका दाजु डा. नेत्रप्रसाद पौडेलले एनआईसी एसिया बैंकको उहाँकै नाममा रहेको ३९८७९७९१८८०५२४०१ खाता नम्बर उपलब्ध गराउनुभएको छ। हाल बिरामी वानेश्वरस्थित सिभिल अस्पतालको बेड नं. २३८ मा क्यान्सरलाई जित्ने आत्मबलका साथ उपचाररत हुनुहुन्छ।